Clues & Flu of Human Civilization
मानव सभ्यताको Clues & Flu विष्णु पनेरु साढेँ चार अरव वर्ष अघि पृथ्वीको उत्पत्ती पश्चात मानव जाति यस धर्तीमा आउन धेरै लामो समय लाग्यो । ६० लाख वर्ष अघि पुच्छर नभएको एउटा बाँदर प्रजातिको आमाले दुई दिदी बहिनीको जन्म दिइन् । जसमध्ये एक जना अहिलेका चिम्पान्जीहरुकी हजुरआमा हुन् भने अर्की , जो तीक्ष्ण बुद्धी भएकी थिइन् , ती मानव जातिकी हजुरआमा हुन् । ती तिक्ष्ण बुद्धी भएकी हजुरआमाको विशिष्ट आनुवांशिक गुण , जनावर र मानिस बीचको लक्ष...